

२६ बैशाख, २०८२ | 09 May, 2025
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ।
आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।