आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 अर्थ बुलेटिन   २४ भदौ, २०८०



काठमाडौं । हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।  बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।

राति देशभर  आंशिक  देखि  सामान्य  बदली    रहनेछ।  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। साथै लुम्बिनी र  सुदूर-पश्चिम  प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू-क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  रहने हुंदा सो बाट हुन सक्ने क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation