भोलिदेखि काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिन विद्युत् अवरूद्ध हुने

 अर्थ बुलेटिन   २८ भदौ, २०८०



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ। टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी  स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।

यसबाट कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ के.भी. पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्नेछ

त्यस्तै ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

६६ केभी स्युचाटार के३ सटडाउन गरिँदा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२ ) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

nea-1694651767.jpg

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation