गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीनमा हृदयघात

 अर्थ बुलेटिन   २ कार्तिक, २०८०



काठमाडौं, २ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । 

चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठलाई हृदयघात भएको हो । 

हिजाे साँझ छात्तिमा समस्या देखा परे अस्पताल पुगेका उनकाे coronary artery blockage भएकाे पत्ता लागेकाे थियाे । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेकाे उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाई जानकारी गराएका छन् ।

परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको  बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ र उनी अहिले डाक्टरहरूको निगरानीमा  छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation