मन्त्री चौधरी अमेरिका भ्रमण नजाने, सचिवको टोली प्रस्थान

 अर्थ बुलेटिन   २७ फागुन, २०८०



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीको भ्रमण स्थगित भएको हो ।

सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन´को ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीले छिट्टै विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ ।मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation