पौडेल बंश महासंघगण्डकी प्रदेशको दोश्रो अधिवेशन सम्पन्न

 अर्थ बुलेटिन   २५ चैत, २०८०



पोखरा । चार बर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै पौडेल बंश महासंघ, गण्डकी प्रदेशले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । 

संस्थाका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले शनिवार पोखरामा सम्पन्न प्रदेश स्तरीय अधिवेशनको उद्घाटन गर्दै विभिन्न ठाउँमा छरिएर कुल पुजा गर्दै आइरहेका सबै पौडेल वन्धुहरु महासंघमा आवद्ध भई एउटै तिथिमा कुल पुजा गर्न आग्रह गर्नुभयो । आत्रेय गोत्रको कुल उत्थानका लागि पौडेल बन्धुहरु एक हुनुपर्नेमा जोड दिदै भेलाको निर्णय अनुसारनै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अधिवेश उद्घाटन शत्रमा महासंघका केन्द्रिय उपाध्यक्ष एवं संविधान सभा सदस्य शारदा पौडेलले शुभकामना मन्तव्य ब्यक्त गर्दै कुल देवताको पुजाले समग्र मुलुकको कल्याण हुने बताउनुभयो । यसैगरी, संविधान सभा सदस्य गोविन्द पौडेलले समाजका लागि भातृत्व विकासको महत्व दर्शाउनुभयो । संविधान सभा सदस्य नवराज शर्मा पौडेलले गण्डकी प्रदेशमा २१ दशमलव ५ भन्दा धेरै ब्राह्मण जाती भएपनि पौडेल बन्धुहरुले आफ्नो शक्तिलाई चिन्न नसकेको गुनासो गर्नुभयो । 

कार्यक्रममा महासंघ केन्द्रिय कोषाध्यक्ष युवराज पौडेल, केन्द्रिय सहसचिव चन्द्रमणि पौडेल, पूर्ब शिक्षा महानिर्देशक बाबुराम पौडेल, बंशावली संकलन संयोजक प्रा.डा. कृष्ण प्रसाद पौडेल, गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय सचिव नारायण पौडेल, पश्चिम पृतनापति सन्तोष बल्लभ पौडेल, पोखरा महानगर कानुन अधिकृत नारायण शर्मा पौडेल र ९ बटै जिल्लाका संयोजकहरुले शुभकामना मन्तव्य राख्दै शु–सभ्य समाज निर्माण, वदलिदो परिस्थितिमा नैतिक शिक्षाको खाँचो, पूर्वजहरुको इतिहासको खोजी, बसाई सराइका कारण आत्रेय गोत्रका बन्दुहरुको फैलावट, अनुबंशिक समस्याहरुवाट बच्न आफ्ना बंश–बृक्षाको खोज र सबैको पहुँच पुग्न सक्ने गरी विद्युतिय माध्यममा बंशावली प्रकाशन गर्ने जस्ता विषयहरुमा जोड दिनुभएको नव निर्वाचित सचिव धनञ्जय पौडेलले बताउनुभयो । 

अधिवेशनमा कास्की, स्याङजा, तनहुँ, पर्वत, वाग्लुङ, म्याग्दी, लम्जुङ, गोखरा र नवलपुर जिल्लाका कुल २२९ प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संचालक धु्रब पौडेलले जानकारी दिनुभयो । 

उद्घाटन र निर्वाचन गरी २ शत्रमा संचालित कार्यक्रमको उद्घाटन शत्रको अध्यक्षता तात्कालिन गण्डकी प्रदेशका सचिव रामजी पौडेलले गर्नुभएको थियो । यस शत्रमा संस्थाको प्रगति अर्थात सचिवको प्रतिवेदन कार्यक्रम संचालकले वाचन गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष कृष्णप्रसाद पौडेललको पेश गर्नु भएको थियो । 

अधिवेशनले चार बर्षे कार्यकालका लागि अध्यक्ष रामजी पौडेल (कास्की), उपाध्यक्ष अमृत पौडेल (कास्की), सचिव धनञ्जय पौडेल (कास्की), सहसचिव भानुभक्त पौडेल (तनहुँ) र कोषाध्क्ष कृष्णप्रसाद पौडेल (स्याङजा) रहेको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित सदस्यहरुमा हेरम्व शर्मा पौडेल (पर्बत), सपना पौडेल (कास्की), मुकुन्द शर्मा पौडेल (वाग्लुङ), कोषराज पौडेल (नवलपुर), पार्वती पौडेल (लम्जुङ), मुक्तिनाथ पौडेल (म्याग्दी), बद्रिकुमार पौडेल (स्याङजा) र केदारनाथ पौडेल (पर्बत) निर्वाचित भएको निर्वाचन संयोजक दिपकराज पौडेलले बताउनुभयो । 

अधिवेशनका अवसरमा उद्यमी व्यवसायी नारायण पौडेल र कृष्ण प्रसाद पौडेललाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरीएको थियो । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप खबर

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा

बागमती प्रदेशकाे लाइसेन्सं र ब्लु बुक अब नागरिक एपमा


एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’


अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने

शिक्षक र सरकार बिच बार्ता असफल, आन्दोलन आज पनि जारी रहने


१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

१७ अर्बको अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ


गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती

गगन थापासँग प्रधानमन्त्री आक्रोशित, बेडरुमसम्म बिचौलियाको पहुँच भएकाे प्रमाण दिन दिए चुनाैती


नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल

नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउः एकनाथ ढकाल


बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा

बानेश्वरमा शिक्षक र प्रहरीबिच भिडन्त, प्रहरीले फाल्यो पानीको फोहोरा


महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ

महिना दिन भयो रबिन्द्र मिश्र थुनिएको, आज फेरी अदालत लगिदैँ



विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation