महालक्ष्मी विकास बैंकको आधारदर ७.१४ प्रतिशतसबैभन्दाकम कोष लागत भएको विकास बैंक

 अर्थ बुलेटिन   १० बैशाख, २०८२



काठमाडौं । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार सबैभन्दाकम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्त सम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो ।

कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ जसअनुसार बैंकको आधार दर  चैत्र मसान्त सम्म ७.१४ प्रतिशत रहेको छ जुन प्राय बैंकहरु भन्दाकम रहेको छ । 

बैंकको आधार दर कमहुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् । 

त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई  जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने बैंकले एक विज्ञप्ती जारी गरी जनाएको छ । 

हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ भने आगामी दिनहरुमा बैंकले आफ्ना वित्तीय सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै जाने बैंकले विज्ञप्ती मार्फत प्रतिबद्धता जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation