‘अन्तर’को आवरण सार्वजनिक

 अर्थ बुलेटिन   २६ कार्तिक, २०७९



इटहरी । कवि तथा लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’को आवरण सार्वजनिक भएको छ ।

इटहरीमा आयोजित कार्यक्रममा कवि मनु मन्जिल र लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पुस्तकको आवरण लोकार्पण गरेका हुन् ।

मानव समाज र मानवीय संवेदनासँग जोडिएको नवीन कथालाई लेखक सायनले उपन्यासमा चित्रण गरिएको प्रकाशक संस्था बुकहिलले जनाएको छ ।

अन्तर उपन्यास आगामी माघ महिनामा सार्वजनिक हुनेछ । गैर–आख्यान ‘छुटेका अनुहार’का लागि प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेका रमेश सायनको ‘भागेर भूगोलभरि’ कविता संग्रह प्रकाशित छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation