२४ घण्टामा थपिए २ हजार ४४० संक्रमित, कहाँ कति (विवरणसहित)

 अर्थबुलेटिन संवाददाता   १९ असोज, २०७७



काठमाडौँ ।  नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै एकै दिन थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ । त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ । अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation