कलेजको पहिलो दिनदेखि नै उद्यमशिल बन्नुपर्छः महाविर पुन

 अर्थ बुलेटिन संवाददाता   २४ माघ, २०७६



पोखरा । स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा सञ्चालन भइरहेको विद्यार्थी मेला २०२० मा शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले अवलोकन गरेका छन् । 

मेलालाई सम्बोधन नेपाली युवाहरुमा मौलाउँदै गरेको नेपालमा अध्ययन पुरा गर्ने अनि विदेश जाने प्रवृत्ति मौलाएकोमा चिन्ता व्यक्त गरे । उनले अध्ययन पछि नभइ अध्ययन र उद्दमशलिता सँगसँगै लानुपर्ने सुझाव विद्यार्थीहरुलाई दिए । आविष्कार र अन्वेषण सबैलाई चाहिन्छ, पुनले अगाडि भने, नेपालमा राजनीतिले ठीक दिसा नलिनुको कारण यसमा अन्वेषण र अनुसन्धानको कमि हुनु नै हो ।

मेलाको विभिन्न प्रदर्शनीहरु तथा रोवर्ट भिडन्तको अवलोकन गर्दै उहाँले मेलामा देखाउनका लागि मात्र नभई यस्ता गतिविधिहरुमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । साथै उनले राम्रो योेजना लिएर टिम बनाएर आउन विद्यार्थीहरुलाई आह्वान गरे ।

मेलामा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट राष्ट्रिय आविष्कार केन्द्रलाई पच्चीस हजार रुपैयाँ सहयोग गरिएको समेत कोषाध्यक्ष प्रकृति दवाडीले जानकारी दिईन् । केन्द्रको सहयोगार्थ मेलामा पुस्तक मेला समेत आयोजना गरिएको छ ।

मेलाको महिला सशक्तिकरण नामक सत्रलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुनिता बरालले महिलाहरुलाई राजनीतिमा पछाडी पार्नुले देशको विकासमा नै गम्भीर असर परिरहेको बताउनुभयो । मेलाको शुक्रबारको सत्रमा पुस्तक प्रदर्शनी, स्वास्थ्य शिविर, रोवर्ट भिडन्त, कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, सेयर तालिम लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

मेलामा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation