सोमवार पनि शिक्षकहरु काठमाडौंकै सडकमा (फोटो फिचर)भएन सर्बोच्चको आदेशको पालना

 अर्थ बुलेटिन   १५ बैशाख, २०८२



काठमाडौं, बैशाख १५ । गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित शिक्षक आन्दोलन आज सोमवार पनि जारी छ । 

नियमित जस्तै ११ बजेदेखि शिक्षकहरु माइतिघर भेला भई ववरमहल क्षत्रमा आन्दोलनरत छन् । आन्दोलन ४ सातामा पुग्दा पनि न सरकार गलेको छ न शिक्षक गलेका छन् ।
समस्या सामाधानमा सरकार अग्रसर हुनको साटो आइतवार झनै दमनमा उत्रियो । शान्तिपूर्ण शिक्षकको आन्दोलनलाई दमन र उत्तेजित पार्न सक्रिय भयो । फलत, सोमवार (आज) झन् शिक्षक आन्दोलनमा संख्या उल्लेख्य बढेको देखिएको छ ।

यसैविच, सर्बोच्च अदालतले ३ दिनभित्र शिक्षकहरुलाई विद्यालय फर्कने बातावरण बनाउन सरकारका नाममा दिएको ३ दिने अन्तरिम आदेशको समय सिमा पनि आइतवार सकिएको छ । यो समय सिमा सकिदा न सरकारले कुनै भरपर्दो उचित कदम चाल्यो न आन्दोलनरत शिक्षकहरुमा कुनै लचकता देखियो । बरु, आइतवार राज्य शिक्षकहरुमाथि निर्मम भएको देखियो । सोमवार त्यहि निमर्मताका कारण सडकमा शिक्षकहरुको संख्या झनै बाक्लो देखिएको छ । 

आजको शिक्षक आन्दोलनको केहि फोटोहरुः

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation