प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

 अर्थ बुलेटिन   ८ सावन, २०८०



साउन ८, काठमाडौं । प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आयोजना भएको एक दिने सेमिनार सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय, एडचेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयक सेमिनार भएको हो ।

सेमिनारमा सांसद गीता राना, निमा एजुकेसन फाउन्डेसनका सीईओ निश्चल प्रधान, एडचेन्ज नेपालका अध्यक्ष डा. राजेश्वरी मल्ल, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका लागि डा. बालकृष्ण लुइटेल,  प्राध्यापक लगायत शिक्षा क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रगतिशिल शिक्षाका विभिन्न विषयमा विविध छलफल भएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालकृष्ण लुइटेलले सम्बोधन गरेका थिए ।

सेमिनारमा विभिन्न विषयमा ६ वटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एडचेन्ज नेपालका कार्यकारी अध्यक्ष विकेश महर्जनले आफ्नो प्रस्तुती दिएका थिए ।

सेमिनारमा प्रभावकारी सिकाइ र स्कुल व्यवस्थापनमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका एशोसिएट डीन प्राध्यापक डा. धनपति सुवेदी र लिडरसीप प्रमुख डा. शेषकान्त पंगेनीले प्रस्तुती दिएका थिए ।

शिक्षकको व्यवसायिक विकास विषयमा प्रा.डा. लक्ष्मण ज्ञवाली र स्टिम शिक्षाको विषयमा असिस्टेन्ट प्रोफेसर विनोद पन्तले प्रस्तुती दिएका थिए ।

यस्तै विद्यार्थीमा एआईको प्रभाव विषयमा स्टिमपिडिया इन्डियाका विपुल कुमार र लैंगिक समस्या बारे डा. लिना गुरूङले आफ्नो प्रस्तुती दिएका थिए ।

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयक अन्तर्क्रिया कार्यक्रम फलदायी भएको आयोजकले जानकारी दिएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation