लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त

 अर्थ बुलेटिन संवाददाता   २५ चैत, २०७६



बुटवल ।  लुम्बिनी प्रादेशिक अस्पतालका पाँच चिकित्सक बर्खास्त भएका छन् । महामारीका समयमा काममा नआएपछि  प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक  बर्खास्तीमा परेका हुन् । 

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालका अनुसार करारमा रहेका चिकित्सकहरु बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।

बर्खास्तीमा पर्नेमा रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरी रहेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation