विश्वभर १५ लाख बढी कोरोना बाट संक्रमित, कुन देशमा कति संक्रमण ?

 अर्थ बुलेटिन संवाददाता   २६ चैत, २०७६



काठमाडौं । विश्वभर  १५ लाख बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  वल्र्ड मिटर्स डट इन्फोको डाटाअनुसार  यो समाचार तयार पार्दासम्म  १५ लाख ३२ हजार ४ सय ३९ जनामा संक्रमण भेटिएको हो ।   यसमध्ये ८९ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ३७ हजार ४ सय ६८ जना संक्रमणपछि निको भइसकेका छन् ।

११ लाख ५ हजार २ सय ५५ जनामा संक्रमण कायम छ । यसमध्ये ९६ प्रतिशतमा सामान्य लक्षण देखिएको छ भने ४ प्रतिशत अर्थात ४८ हजार २ सय ३५ जना गम्भीर अवस्थामा छन् । कोरोनाको महामारीपछि विश्वका धेरै देशमा लकडाउन गरिएको छ । अन्तर्राष्ट्रिय उडान ठप्पजस्तै छ, उद्योग बन्द हुँदा अर्थतन्त्रमा ठूलो नोक्सानी पुगेको छ भने करोडौंले रोजगारी गुमाइसकेका छन् ।

कुन देशमा कति संक्रमण ? 

सर्वाधिक धेरै संक्रमित अमेरिकामा छन् । यहाँ ४ लाख ३५ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ । स्पेनमा १ लाख ५२ हजारभन्दा बढी, इटलीमा १ लाख ३९ हजारभन्दा बढी, जर्मनीमा १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

इटलीमा सर्वाधिक धेरै ९समाचार तयार गर्दासम्म० १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । चीनमा सर्वाधिक धेरै ९समाचार तयार गर्दासम्म० ७७ हजार ३ सय ७० संक्रमित निको भएका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation