आपूर्तिमन्त्रीको नेतृत्वमा खाद्य वस्तुहरुको वितरण प्रणालीबारे अनुमगन

 अर्थ बुलेटिन संवाददाता   २६ चैत, २०७६



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भको नेतृत्वमा नेतृत्वमा खाद्य वस्तुहरुको वितरण प्रणालीबारे अनुमगन गरिएको छ । मन्त्री भट्टको नेतृत्वमा  आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे जानकारी लिएको हो ।

उक्त टोलीले  नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठसँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक , माग एवम वितरण प्रणाली बारे संघका पदाधिकारीहरुसँग  छलफल गरेकाछन् ।

 
उक्त अवसरमा आपूर्ति समितिको सभापति देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको र सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको बताए । उक्त अवसरमा माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले वितरण प्रणाली बारे सन्तोष व्यक्त गरे । 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation