बागलुङमा थप एक महिलामा कोरोना भाइरसको संक्रमण भेटियो

 अर्थ बुलेटिन संवाददाता   ३० चैत, २०७६



बागलुङ । आइतबार बागलुङमा थप एक महिलामा कोरोना भाइरसको  संक्रमण देखिएको छ ।  आज काठेखोला गाउँपालिकामा ७ जनाको आरडीटी गरिएकोमा  स्थानीय ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । 

अहिले गाउँकै क्वारेन्टाइनमा राखिएकी उनी  केही समय अघिमात्रै  भारतको तीर्थयात्राबाट फर्किएकी थिइन् । बागलुङका जिल्ला प्रशासनले उनको थप परीक्षणका लागि पुनः स्वाब संकलन गरेर पोखरा वा काठमाडौँ पठाउने तयारी गरिएको  जनाएको छ ।

गएको शुक्रबारदेखि जिल्लामा सुरु गरिएको र्‍यापीड डाइग्नोस्टिक टेस्टबाट ४ सय ७६ जनाको परीक्षण गरिसकिएको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि जिल्लाका दुई जनामा संक्रमण पुष्टि भइसकेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation