‘कोभिड–१९’ बाट विश्वभरी १८ लाख ५३ भन्दा बढी सङ्क्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु

 अर्थ बुलेटिन संवाददाता   १ बैशाख, २०७७



 जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ । 

यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । 

कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।    
    
देश मृतक सङ्क्रमित निको भएका    
अमेरिका २२ हजार ११५ ५ लाख ६० हजार ४३३ ३२ हजार ६३४    
स्पेन १७ हजार २०९ १ लाख ६६ हजार ८३१ ६२ हजार ३९१    
इटाली १९ हजार ८९९ १ लाख ५६ हजार ३६३ ३४ हजार २११    
फ्रान्स १४ हजार ३९३ १ लाख ३२ हजार ५९१ २७ हजार १८६    
जमर्नी ३ हजार २२ १ लाख २७ हजार ८५४ ६० हजार ३००    
बेलायत १० हजार ६१२ ८४ हजार २७९ ३४४    
चीन ३ हजार ३४१ ८२ हजार १६० ७७ हजार ६६३    
इरान ४ हजार ४७४ ७१ हजार ६८६ ४३ हजार ८९४    
टर्की १ हजार १९८ ५६ हजार ९५६ ३ हजार ४४६    
बेल्जियम ३ हजार ६०० २९ हजार ६४७ ६ हजार ४६३     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation