बागलुङकी महिलाको रिपोर्ट पुनः परिक्षण गरेर हेर्दा नेगेटिभ आयो

 अर्थ बुलेटिन संवाददाता   १ बैशाख, २०७७



पोखरा । र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार  यसअघि र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको रिपोर्टलाई पुनःपरिक्षण गर्दा नेगेटिभ आएको हो ।

उनले भनिन्,  ‘एकदमै कन्फर्म हो,’ उनले भने, ‘पुनःपरिक्षणको लागि उहाँको स्वाब पोखरा ल्याइएको थियो । पुनःपरिक्षण गरेर हेर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।’

 यसअघि नै  बागलुङमा दुई जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुको अहिले उपचार भई रहेको छ । पछिल्लो पटक संक्रमित भनिएकी महिला केही समय अघि मात्र भारतमा तिर्थ यात्रा गरेर आएकी थिईन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation