चितवनमा एक जनालाई कोरोना पोजेटिभ देखियो

 अर्थ बुलेटिन संवाददाता   ३ बैशाख, २०७७



चितवन । चितवनमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।  ३९ जनाको र्‍यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा पोजेटिभ देखिएको हो । 

गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको हो । उक्त अस्पतालका अनुसार एक महिनाअघि बिदेशबाट  आएका मानिसको पोजेटिभ रिपोर्ट देखिएको हो । 

अस्पतालले आजै तीन थप जनाको टेस्ट गरेर भरतपुर पठाएपनि रिपोर्ट आइनसकेको जनाएको छ । पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पुन परीक्षणका लागि पठाएको समेत जनाइएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation