कोरोना संक्रमितको पहिचान नखुलाइदिनुहोसः स्वास्थ्य मन्त्रालय

 अर्थ बुलेटिन संवाददाता   ३ बैशाख, २०७७



काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको व्यक्तिको पहिचान नखुलाउन आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता   डा विकास देवकोटाले  मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । 

उनले भने, ‘विभिन्न सञ्चार माध्यममा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ । बिरामीको अनुमति बिना विवरण प्रकाशन–प्रसारण गर्न पाइँदैन ।

जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको  उनको भनाइ थियो । 
नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation