गाउँपालिकाले रोक्यो मेलम्ची खानेपानी आयोजनाको कामयो वर्ष पनि आयोजना पूरा नहुने सम्भावना

 अर्थबुलेटिन संवाददाता   ४ बैशाख, २०७७



काठमाडौं ।  मेलम्ची खानेपानी आयोजनाको  काम बन्द गर्न गाउँपालिका आग्रह गरेको छ । आज बसेको हेलम्बु  गाउँपालिकाको कार्यपालिका बैठकले  सर्वसाधारणमा भय र त्रास बढेकाले  काम बन्द गर्न आग्रह गरेको हो ।  आयोजनाका आवश्यक सामग्री गाउँपालिका हुँदै  ढुवानी गर्नुपर्ने भएकाले आयोजनाको काम बन्द गर्नुपरेको गाँउपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तु बाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्र बमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको  बताए ।

त्यसैगरी आजको बैठकले गापाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ  । स्वतन्त्र विश्लेषकहरुले लकडाउनको अवस्थामा पनि परिस्थितिअनुसारको प्रबन्ध मिलाएर आयोजनाको काम जारी राख्न सकिनेमा रोक लगाउने निर्णय हुनु शंकाष्पद भएको टिप्पणी गरेका छन् । यसबाट मेलम्ची खानेपानी आयोजना यस वर्ष पनि सम्पन्न नहुने सम्भावना बढेर गएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation