कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु

 अर्थबुलेटिन संवाददाता   ५ बैशाख, २०७७



काठमाडौं । कोरोना संक्रमणबाट अमेरिकामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।  बिहीवार न्यूयोर्कमा  ६९ वर्षीय महेश अमात्यको  स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार, अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँझ अस्पताल लगिएको थियो ।  केही महिना पहिले मात्रै अमात्य अमेरिका पुगेका थिए ।  परिवार निकटले दिएको जानकारी अनुसार उनकी श्रीमतीलाई समेत कोरोना भाइरसको लक्षण देखिएको खसोखासले लेखेको छ ।

अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुराउने उद्देश्यले अहिले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेको छ ।  काठमाडौं स्थायी घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्यका एक छोरा अध्ययनका लागि अमेरिकामै छन् ।

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation