एकै दिन १४ कारोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो

 अर्थबुलेटिन संवाददाता   ५ बैशाख, २०७७



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। शुक्रबार एकै दिन १४ जना संक्रमित थपिएपछि संक्रमितको संख्यया ३० पुगेको हो ।  उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

त्यसैगरी चितवन पनि दुई जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

विराटनगरमा रहेको प्रयोगशालामा पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ति नगरपालिकाकाका भएका बताइएको छ। संक्रमित सबै १४ जना नै पुरुष भएका बताइएको छ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation