कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो, थप २ जनाको मृत्यु

 अर्थबुलेटिन संवाददाता   २० असार, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप २ सय ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको उनले बताए । उनका अनुसार  थप २ सय ७२ जना डिस्चार्ज भएका छन् भने  कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।  रुपन्देही र गोरखाका २ पुरुषको मृत्यु भएको प्रवक्ता देवकोटाले जनाए ।  रुपन्देहीका देवदहका पुरुषको असार १७ गते मृत्यु भएको हो । असार १८ गते उनमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाकै कारण गोरखाका पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनिया र डाइबेटिजका बिरामी उनको गएराती मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने लेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation