एपीएफ टोलीद्वारा पटका बरामद

 अर्थबुलेटिन संवाददाता   २० असार, २०७७



सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ भाडसरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले असार २० गते विहान करीब पाँच लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त पटका बरामद गरेको हो ।  उक्त पटका टाउँकोमा बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेका केही व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै उल्लेखित पटका सोही ठाउँमा छाडी फरार भएका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation