२४ घण्टामा थपिए २ सय ९३ जना संक्रमित १ सय ३२ जना निको भएर घर फर्किए

 अर्थबुलेटिन संवाददाता   २१ असार, २०७७



काठमाडौं ।  थप २ सय ९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको हो । 

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेका छन् । त्यस्तै, गत २४ घण्टामा थप १ सय ३२ जनाले कोरोना जितेका छन् । यससँगै ६ हजार ५ सय ४्र७ जना उपचारपछि निको भएका मन्त्रालयले जनाएको छ ।

देशभरमध्ये २५ प्रयोगशालामा एक दिनमा ४ हजार ७ सय १० पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation