लागूऔषधसहित पक्राउ

 अर्थबुलेटिन संवाददाता   २१ असार, २०७७



धनुषा । धनुषा जिल्लाको नगराईन नगरपालिका ७ खिरखिरीबाट असार २० गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ४ बस्ने २९ वर्षिय दिपककुमार पुर्वे छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

   ज १२ प ९७४९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज पुर्वेलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा
एक्सिस प्लान २४ बोतल र नाईट्रोभेट १० पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।  त्यसवेला एपीएफ टोलीले उनको साथबाट ७ हजार ३५ रुपैयाँ समेत बरामद गरेको छ ।

  एपीएफ टोलीले पक्राउ परेका पुर्वेलाई बरामद लागूऔषध र उक्त रकमसहित आवश्यक कारवाहीको लािग स्थानीय प्रहरीमा बुझाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation