नेपाल एयरलाइन्सका चालक दलका ६ जनामा कोरोना संक्रमणसोल्टी होटलमा सील

 अर्थबुलेटिन संवाददाता   २२ असार, २०७७



काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका ६ जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ । स्वदेश फर्कन चाहने नेपाली लिनका लागि विभिन्न मुलुकमा उडान भरिरहेका उनीहरुमा कोरोना  संक्रमण देखिएको हो ।

उनीहरूमा कोरोना देखिएपछि बस्दै आएको सोल्टी होटलमा सील गरिएको छ । उडानबाट आएर सिधै होटलमा पुगेर त्यहीँ बसेर अन्य गन्तव्यको उडान भर्दै आएका चालक दलका सदस्यमा कसरी कोरोना संक्रमण फैलियो अनुसन्धान भइरहेको छ ।

होटलमा बस्दा नियमित नाचगानसहित मनोरञ्जन गर्ने र होटलका कर्मचारीहरुसमेत नाचगानमा सहभागी हुने गरेका थिए । नियमित ४० जना चालक दलका सदस्यहरु होटल सोल्टीमा बस्ने गरेका छन् । चालक दलका अन्यको पनि पिसीआर परिक्षणको तयारी भएको छ ।

यसैबीच, होटल सोल्टीलाई सिल गर्ने तयारी भएको छ । होटल सिल गरी त्यहाँ रहेका सबैको पिसीआर परिक्षण गरिने भएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation