ह्वात्तै बढ्यो उपत्यकामा कोरोना संक्रमितको संख्यामृत्यु हुनेको संख्या ३५ पुग्यो

 अर्थबुलेटिन संवाददाता   २२ असार, २०७७



काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरमा  ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

 काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि,   कुन कुन ठाउँका भनेर मन्त्रालयले खुलाएको छैन ।

देशैभर भने १८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा यो थपिएको संख्यासँगै हालसम्म १५ हजार ९६४ जना पुगेको छ । २४ घन्टामा संक्रमण निको भई घर फर्किनेको संख्या भने २६४ छ ।

योसँगै हालसम्म उपचारपछि फर्किनेको संख्या यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै, विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । आइतबार बाग्लुङको ढोरपाटन क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसारै चल्नुपर्ने अपिल समेत भएको छ । अनिवार्य मास्क लगाउनका लागि अनुरोध गर्दै त्यसो नगरे गृह मन्त्रालय मार्फत सम्बन्धित निकायले कारबाही गर्न सक्ने मन्त्रालयले जनाएको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation