थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टिसंक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्यो

 अर्थबुलेटिन संवाददाता   २३ असार, २०७७



काठमाडौं । मंगलबार थप थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमका अनुसार  संक्रमितहरुमा काठमाडौँका १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना रहेका  छन् । सोमबार उपत्यकामा ५४ जना संक्रमित थपिएका थिए ।

मंगलबार थप २ सय ४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा हालसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ । त्यस्तै, थप ६ सय ८८ जना निको भएका छन् । यससँगै ४६ प्रतिशत संक्रमित उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation