हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएयोः डब्लुएचओ

 अर्थबुलेटिन संवाददाता   २४ असार, २०७७



काठमाडौं ।  हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको हो । यसअघि डब्लुएचओले ३२ देशका २३९ वैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेको विश्व स्वास्थ्य संगठनले अस्विकार गरेको थियो।

डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको बताएकी छन्। डब्लुएचओले भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ।

साथै डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको जनाएको छ। यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो।

यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सार्ने दाबी गरेका थिए। साथै उनीहरुले हावामा कोरोना भाइरसका जीवाणु भेटिएकाले विश्व स्वास्थ्य संगठनलाई समेत कोरोना बारेको गाइड लाइनलाई परिवर्तन गर्न माग गरेका थिए।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation