नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्योनिको हुनेको संख्या ७ हजार ७ सय ५२

 अर्थबुलेटिन संवाददाता   २४ असार, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा  थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले  नियमित पत्रकार सम्मेलन आयोजना गरेर उक्त कुरा जनाएको हो । मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको छ ।

उनले आज मात्रै र २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् । सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ ।

 केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation