सिन्धुपाल्चोकको जम्बु बजार बाढीले बगायो १८ जना बेपत्ता, २ जनाको शव फेला

 अर्थबुलेटिन संवाददाता   २५ असार, २०७७



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाढीले बाह्रबिसे नगरपालिका– ५ को जम्बु बजार बगाएको छ । अविरल वर्षाका कारण  जम्बु नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढीका कारण १८ जना बेपत्ता हुनुका साथै २ जनाको शव फेला परेको छ ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार अरनिको राजमार्गको खाकदलदेखि माथि दर्जनौं स्थानमा अरनिको राजमार्ग अवरुद्ध भएकाले उद्दारका लागि सेना तथा प्रहरीलाई घटना स्थल पुग्न कठिनाइ भएको छ ।  वर्षाका कारण स्थानीय ठाडोखोलाहरुबाट आएको बाढीले भोटेकोशी नदीको बहाव अत्याधिक बढेकाले आसपासका बजारमा सचेत र सुरक्षित रहन आग्रह गरिएको छ।

भारी वर्षासँगै गएराती ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले बजार बगाएको हो । विस्तृत विवरण आउन बाँकी ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation