बानारसमा कपाल मुण्डन गरिएका व्यक्ति भारतीय मतदाताउनी नेपाली नभएको खुलासा

    ३ सावन, २०७७



काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित ूनेपाली युवक वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।

नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।

 मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिए।
नेपाली युवकका रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।

यसअघि शनिवार बिहान एसपी पाठकले बीबीसीसँग भनेका थिए, ‘उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।’
एसपी पाठकले भने, ‘आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।’

उनका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्। बीबीसीबाट साभार

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation