२४ घण्टामा १ सय ५६ जनालाई कोरोना संक्रमणसंक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो

 अर्थबुलेटिन संवाददाता   ४ सावन, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा  थप १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमले देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका १ सय ५६ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५० जनाको पीसीआर परीक्षणमा १ सय ५६ मा संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।  देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation