शिक्षकलाई बेतलबी बिदा दिने निर्णयबाट पछि हटे निजी विद्यालय सञ्चालकअनलाइन कक्षा बन्द गर्ने निर्णय कायमै

 अर्थबुलेटिन संवाददाता   ४ सावन, २०७७



काठमाडौं ।  निजी विद्यालय सञ्चालक शिक्षक–कर्मचरीलाई बेतलबी बिदा दिने  निर्णयबाट पछि हटेका छन् । साउन १ गतेदेखि बेतलबी बिदा दिने घोषणा गरेका निजी विद्यालय सञ्चालक शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमत भएका हुन् ।

प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका  शिक्षक कर्मचारीको माग अब पूरा हुने भएको हो । यद्यपि, अनलाइन कक्षा बन्द गर्ने यसअघिको निर्णय भने कायमै रहेको छ ।

प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तै इस्टुले घोषणा गरेको प्याब्सन, एनप्याब्सन केन्द्रीत आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ ।

यस्तै शिक्षक कर्मचारीले २०७६ चैत मसान्तसम्मको सम्पूर्ण बक्यौता विद्यालयहरुले तत्काल भुक्तानी गर्ने सहमति भएको छ भने लकडाउनको अवधिमा अध्यापन नभएको समयको पारिश्रमिक व्यवहारिक रुपमा भुक्तानी गर्दै जाने समझदारी भएको छ ।

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation