नक्कली रुपैयाँसहित ३ जना समातिए

 अर्थबुलेटिन संवाददाता   ४ सावन, २०७७



काठमाडौं ।  बारा महागढीमाई  नगरपालिका २ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया ठेगाना भएका २५ वर्षीय सुधिर कुमार कुशहवा, बारा सिम्रनगढ नगरपालिका(४ ठेगाना भएका २६ वर्षीय मनोज साह तेली र बारा आदर्श कोटवाल गाउँपालिका- ६ पटेर्वा  ठेगाना भएका ३० वर्षीय नरेन्द्र प्रसाद कुशहवा रहेका छन् ।

उक्त स्थानमा अवैध लागूऔषध तथा नक्कली नोट कारोवार गर्दै छन् भन्ने विशेष सूचनाको आधारमालागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सडक किनारमा ना.५४ प३८०५ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई फेला पारी शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टि कको वोरा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको नक्कली रुपैयाँ बरामद भएको हो ।

उनीहरुको साथबाट नक्कली नेपाली रूपैयाँ१ हजार दरको १ हजार ४ सय ७० थान,  १ सय दरको ७ सय ४४ थान तथा भारतीय नक्कली रुपैयाँ ५ सय दरको २ सय ९७ थान र र ५० दरको ७ सय ३ थान प्रहरीले बरामद गरेको हो ।

उनीहरुलाई बरामद नक्कली रुपैयाँ तथा ना.५४ प ३८०५ नम्बरको मोटरसाइकल समेत आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation