कोरोनावाट नेपालमा थप ७ जनाको निधन, ८ सय ५५ नयाँ संक्रमित

 अर्थ बुलेटिन संवाददाता   ९ भदौ, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा ७ जनाको निधन हुनका साथै ८ सय ५५ नयाँ संक्रमित थपिएका छन् । 

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५७ जनाको पिसिआर परिक्षण गर्दा ८ सय ५५ जना संक्रमित पुष्टि भएको जानकारी गराए । 

यो संगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या १ सय ६४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । 
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ गरी उपत्यकामा कुल २ सय ३२ जना संक्रमित थपिएको समेत मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी गराइयो । 

पछिल्लो समय थपिएका संक्रमितहरुमा २ सय ७१ महिला र ५ सय ८४ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर थप ३ सय १३ जना डिस्चार्ज भएका छन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation