कृषिमन्त्रीलाई ज्ञापनपत्रः मल नल्याउने ठेकेदारसँग क्षतिपूर्ति भराउ

 अर्थबुलेटिन संवाददाता   २४ भदौ, २०७७



काठमाडौं । सामाजिक अभियन्ताहरुले   सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउन माग थरेका छन् ।  बुधबार अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले  कृषि तथा पशुपंक्षी विकासमन्त्री  घनश्याम भुसाललाई भेटेर ज्ञापनपत्र बुझाउदै उक्त माग गरेका हुन् । 

ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै उनीहरुले  ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन् ।  अभियन्ता ढुंगेलले मन्त्रीसँगको भेटघाटपछि  मल नल्याउने व्यक्तिहरुलाई कालोसूचीमा राखेर मात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग गरिएको जानकारी गराए ।

 विगत लामो समयदेखि नेपाली किसानहरुले मलको अभाव भोगिरहेको सन्दर्भमा नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? भन्ने विषयमा पनि कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराइएको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारवाहीको प्रकृया अगाडि बढेको जानकारी गराएको उनले बताए  ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation