सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ अन्र्तगत मंगलबार सम्पन्न खेलहरु

 अर्थबुलेटिन संवाददाता   ६ पौष, २०७७



काठमाडौं । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ अन्र्तगत मंगलबार विभिन्न खेलहरु सम्पन्न भएका छन् ।     सो प्रतियोगिताको आज भएको पुरुष फुटबलतर्फको सेमी फाईनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २–० गोलले पराजित गरेको छ भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीलाई १–० गोलले पराजित गरी दुवै टिम फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई २५–२३, २५–१५, २२–२५, २५–२३ र १५–१३ को स्कोरले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ

यसैगरी सो प्रतियोगिताको आज भएको एथलेटिक्सतर्फको पुरुष लङ्गजम्पमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका
सशस्त्र प्रहरी जवान राजु चौधरी प्रथम भएका छन् भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान जर्मन कार्की दोश्रो तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका सशस्त्र प्रहरी जवान मंगल थारु तेस्रो भएका छन् ।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७०
जना खेलाडीहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation