शहिद स्मारक लिगः आज तीन खेल हुदैँ

 अर्थ बुलेटिन   १० जेठ, २०८०



काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन ।जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ । उता, दशरथ रंगशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation