एसीसी प्रिमियर कपको उपाधि नेपाललाईअब भारत र पाकिस्तानसँग खेल्ने

 अर्थ बुलेटिन   १९ बैशाख, २०८०



काठमाडौं । एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । 

यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए । 

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए । 

यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation