अन्ततः बौद्धिक शोषणको अन्त्य हुने भो ।त्रिवि र आंशिक प्राध्यापकबीच करारको लागि सम्झौता (अन्र्तवार्ता सहित)

 अर्थ बुलेटिन   २५ पौष, २०७७



काठमाडौं । बौद्धिक शोषणको अन्त्य र समान कामको समान ज्याला भन्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्र्तरगतको आंगिक क्याम्पसका आंशिक प्राध्यापकहरु र त्रिविबीच करारको लागि सम्झौता भएको छ ।

कम्तिमा एक शैक्षिक शत्र पुरा गरेका, क्याम्पसको आवश्यकता, औचित्यता, जेष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्णकक्षाभारको आधारमा त्रिविको नियमानुसार प्रक्रिया पुरा गरी त्रिवि केन्द्रिय कार्यालयको स्वीकृति र समर्थनमा शिक्षण सहायक सरहको पारिश्रमिकमा क्याम्पसको आन्तरिक श्रोतवाट खर्च व्यहोर्ने र यदी आन्तरिक श्रोतवाट अपुग भएको अवस्थामा त्रिविले व्यवस्थापन गर्ने गरी शुक्रवार सम्झौता भएको हो । 

सम्झौतासंगै पौष २ गतेदेखि विभिन्न मागहरु राखेर उपकुलपति कार्यालय केन्द्रित आंशिक प्राध्यापकहरुको आन्दोलन अन्त्य भएको त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रिय महासचिव राजेन्द्र गिरीले अर्थ बुलेटिनलाई वताउनुभयो । 

करिब डेढ दशकभन्दा लामो समयदेखिको आंशिक प्राध्यापकको समस्या अब समाधान भएको भन्दै देशभरवाट काठमाडौ आइपुगेका प्राध्यापकहरु आइतवारदेखिनै  आफ्नो कार्यक्षेत्रमा फर्कने र अब एक चित्त भएर प्रध्यापन कार्यमा लाग्ने उहाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्झौतासंगै अब आइएलओ र विकेन्द्रिकरणको नियमहरुको पालना भएको छ । उमेरका हदले पुर्णकालिनमा प्रतिसपर्धा गर्न वाधापुगेका सबै साथिहरुलाई वाटो खुलेको छ । अध्ययन अनुसन्धान, तालिमहरुमा सहभागि हुनका लागि सहज भएको छ ।”

यसैगरी, त्रिविले वर्षैदेखि आंशिक प्राध्यापकहरुलाई गर्दै आएको बौद्धिक शोषणको अन्त्य भएको र एक नयाँ युगको शुरुवात भएको त्रिवि आंशिक प्राध्यापक संघ केन्द्रिय अध्यक्ष चन्द्र बदना राइले अर्थ बुलेटिनलाई बताउनुभयो । 

अध्यक्ष राईसंग अर्थ बुलेटिनका सम्पादक बिनोद पौडेलले गर्नुभएको सम्पादित छोटो टेलिफोन अन्र्तवार्ताः

सम्पादकः सम्झौता त भयो तर यसको कार्यान्वयन पक्ष सहज छ त ?

चन्द्र बदना राईः सम्झौता अनुसारको हुबहु कार्यान्वयन भईदिए त राम्रो हुन्थ्यो तर यो १०० प्रतिशतनै कार्यन्वयन गर्न भने जटिल छ । यसको   कार्यान्वयनका लागि कलेजमा कुशल व्यवस्थापकको आवश्यकता पर्दछ । अब यसले व्यवस्थापकको क्षमता कस्तो रहेछ त भनेर मापन गर्ने दिन पनि आएको छ । कलेजमा कुन विषयमा कति शिक्षकहरुको आवश्यक हो सो को सहि, निश्पक्ष र इमान्दार ढंगवाट आवश्यकता पहिचान गर्न सकियो भने  कार्यान्वयनमा जटिलता आउदैन ।

सम्पादकः जटिलतालाई सहजीकरण गर्नका लागि संघको के भूमिका हुन्छ ?

राईः पहिलो चरणको आन्दोलनलाई हामिले ‘सेफ ल्यान्डीङ’ गरेका छौ । अव, कार्यान्वयनका लागि पुन समन्वय समिति बनाउछौ । त्यो समितिले सबै क्याम्पसहरुसंग समन्वय गरेर डाटाहरु संकलन गर्ने, आवश्यकता पहिचानमा क्याम्पसहरुलाई सहजिकरण गर्ने, निश्पक्ष कार्यान्वयनका लागि खवरदारि गरिरहने कार्य गर्नेछौ । 

सम्पादकः आंशिक प्राध्यापकहरुले अब फेरी यहि मुद्दाकालागि आन्दोलन गरिरहनु पर्छ कि पर्दैन ? 

राईः सगरमाथा चढ्ने आधार शिविर तयार पारेका छौ । अब यो वाटो नविराइकन प्रक्रियागतढंगवाट अगाढि बढ्दा आज कार्यरत र भोलिका दिनमा पनि भित्रन सक्ने अन्य आंशिक प्राध्यापकहरु सगरमाथाको चुचुरोमा पुग्नसक्नुहुनेछ । तसर्थ, अबका दिनमा आन्दोलन गरिरहनु पर्दैन । 

सम्पादकः तपाईहरुको यो आन्दोलनले गर्दा खुल्ला प्रतिसपर्धाको वाटोमा त्रिवि भित्रन चाहने अन्य हजारौ प्रतिसपर्धिहरुलाई त आघात पुग्योनि होइन ? 

राईः त्यसो होइन । त्रिविले नियमानुसार नियमित सेवा आयोग खुलाउदै लग्नुपर्छ । हामि पनि प्रतिसपर्धा गर्न तयार छौ । दशकदेखि यो अवसरवाट हामिलाई बच्चित गरिएकाले अन्याय भएको हो । हामि स्थायीका लागि सबैसंग प्रतिसपर्धा गर्न तयार छौ । यो सम्झौताले बौद्धिक शोषणको अन्त्य गर्दै समान कामको समान ज्याला र समान अस्तित्व भन्ने मुद्दालाई पूर्ण रुपमा सम्मान गरेको छ । 

फोटोःसम्झौता पत्र

यस्तै, अर्थ बुलेटिनसंगको कुराकानिमा आंशिक प्राध्यापक संघ वार्ता समितिका सदस्य राजन ढुंगानाले उपकुलपतिसंगको औपचारिक र अनौपचारिक छलफलहरुमा “यो समस्या आंशिक प्राध्यापकहरुको मात्रै नभईकन त्रिविको पनि भएकाले आफ्नो कुल समयको ३० प्रतिशत समय आंशिक प्राध्यापकहरुको समस्या समाधानका लागि खर्चिएको छु ।” भन्दै उपकुलपतिले सकारात्मक प्रतिक्रिया दिनुभएकाले यो सम्झौताको पुर्ण कार्यान्वयन हुने र अब भोलिका दिन फेरी आंशिक प्राध्यापकहरुले यहि मुद्दाका लागि आन्दोलन गरिरहन पर्ने अवस्था नआउनेमा आफुहरु आशावादि रहेको बताउनुभयो । ढुंगानाले भन्नुभयो “यो हाम्रो ५० प्रतिशत सफलता हो । अब वाँकी ५० प्रतिशत नियुक्तिको कार्य सम्पन्न भएपछि पुरा हुनेछ ।”

विगत १२ वर्षदेखि पद्यमकन्या क्याम्पस नेपाली विषयमा प्राध्यापन गर्दै आउनुभएकी पद्यमकन्या इकाइ सचिव प्राध्यापक सविता विमलीले सम्झौता सकारात्मक भएको र इमान्दारिताका साथ कार्यन्वयन गर्ने हो भने २ हप्तामै करार नियुक्ति प्रक्रिया पुरा गरी माघ १५ भित्रमा नियुक्ति पत्र हातमा पर्न सक्ने बताउनुभयो । यद्यपि, कलेज र त्रिविको नियत ठिक भएन भने कार्यान्वयन पक्ष जटिल हुने वा कार्यान्वयननै हुन नसक्ने आशंका व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो “पद्यमकन्या क्याम्पस स्वायत्त भईसकेको र हाल क्याम्पसमा कार्यरत करिव ९० जना आंशिक प्राध्यापकहरु मध्येमा केहिलाई कलेज आफैले र केहिलाई त्रिविसंग माग गरी करारमा समेट्न सक्ने भएकाले प्रक्रिया पुरा हुने १०० प्रतिशतलाईनै करारमा नियुक्त गर्न सक्ने वातावरण बनेको छ । यो हाम्रो लागि पनि र पद्यमकन्या क्याम्पसका लागि पनि सुखद अवसर हो ।”

यस्तै, पद्यमकन्या क्याम्पसमा विगत १२ वर्षदेखि अध्यायपनरत जनसंख्या विषयकी प्राध्यापक अम्विका कौडालले, यो सम्झौताले क्याम्पसहरुलाई सजिलो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “आन्तरिक श्रोत हुने क्याम्पस तथा विषयहरुमा सोहि श्रोतवाट र नहुने क्याम्पस तथा विषयहरुमा त्रिविले आर्थिक श्रोत व्यवस्थापन गर्ने भएकाले प्रक्रिया पुगेका धेरै भन्दा धेरै साथिहरुलाई करार नियुक्ति गर्नका लागि कलेजहरुलाई बाटो खुलेको छ । अब यो वा त्यो बहानामा कलेजहरु उम्कन पाउने छैनन् ।”

फोटोःसम्झौता पछि उपकुलपतिसंग खिचिएको वार्ता समितका आंशिक प्राध्यापकहरुको सामुहिक फोटो

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation