देशभर ५९ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

 अर्थबुलेटिन संवाददाता   २५ फागुन, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना  संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर २ हजार ७१५ जनाको स्वाब परीक्षण गर्दा २५ जना महिला र ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ५६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ९८७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८७० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ९९ हजार ९५० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ८७० जना आइसोलेसन र ५६ जना क्वारेन्टिनमा छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation