आज मेघ गर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावनाः मौसमविद्

 अर्थबुलेटिन संवाददाता   १ चैत, २०७७



काठमाडौं ।  मौसमविद्ले तीनवटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको चेतावनी दिएका छन् ।  आइतबार चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले  २४ घण्टे चेतावनी दिएको हो ।

 मौसम पूर्वानुमान महाशाखाले भनेको छ,  साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ।

आज दिउँसो पनि बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यसबाहेकका पहाडी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation