कोरोना कहरः मृतक र संक्रमित संख्या घट्दोकोरोना मुक्तको संख्या बढ्यो

 अर्थ बुलेटिन   २ जेठ, २०७८



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरवाट कोरोना संक्रमणको कारण १४५ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ३६८ जना नयाँ संक्रमित थपिएका छन् भने यो अवधिमा काठमाडौं उपत्यकामा कुल २ हजार ६०९ जना थपिएका छन् ।

जेष्ठ २ गते आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा १९ हजार ५३९ जनाको पिसिआर परिक्षण र ३४४ जनाको एन्टिजेन परिक्षण गर्दा कुल ७ हजार ३६८ जनामा संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।

यस २४ घण्टाको अवधिमा देशभरवाट ६ हजार ६४८ जना कोरोना मुक्त भएका छन् । 

यो संगै केहि दिन यता क्रमश कोरोना भाइरस संक्रमितको संख्या र यसका कारण भएको मृत्युदर घट्दै गएको मन्त्रालयको तथ्याङकले देखाएको छ । 

यो अवधिमा काठमाडौंमा १ हजार ८८१ जना, भक्तपुरमा २९२ जना र ललितपुरमा ४३६ जना गरी उपत्यकामा कुल २ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation