४ महिना पछि हट्टयो उपत्यकाको निशेधाज्ञ डीसीएमीसंग समन्वय गरी विद्यालय खोल्न पाइने

 अर्थ बुलेटिन   १६ भदौ, २०७८



काठमाडौं । कोरोना भाइरसको दोश्रो लहरको जोखिम बढेसंगै विगत ४ महिना अघिदेखिको लगाइएको उपत्यकाको निशेधाज्ञ हटेको छ ।

गत बैशाख १६ गतेदेखि पटक पटक थप गर्दै लगाईदै आएको काठमाडौं उपत्यकाको निशेधाज्ञ ४ महिनापछि भाद्र १६ गते बुधवारदेखि हटाईएको हो । उपत्यकाका तिनबटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधवारको संयुक्त बैठकले निशेधाज्ञा हटाउने निर्णय गरेको काठमाडौंका प्रजिअ कालिप्रसाद पोखरेलले जानकारी दिनुभएको विविसीले जनाएको छ । 

विविसीका अनुसार उपत्यकाका ३ जिल्लाका प्रजिअहरुको संयुक्त बैठक पछि आज सूचना जारी गर्दै विभिन्न निकायहरु र स्वास्थ्य विज्ञहरुसंगको छलफलपछि जोखिमको अवस्था केहि सामान्य बन्दै गएकाले हाललाई निशेधाज्ञा हटाईको हो ।

४ महिनादेखिको निशेधाज्ञाका कारण दैनिक जनजीवन, व्यापार व्यवसायमा भएको असहजतालाई केहि सहज बनाउनका लागि निशेधाज्ञाहटाईको जनाइएको छ । यस्तै, चाडवाडहरु समेत भित्रिएकाले पनि केहि सहज बातावरण बनाउनुपर्ने अवस्था आएको प्रशासनको बुझाई रहेको छ । 

यद्यपी, निशेधाज्ञा हटाईएको भएपनि जोखिमको अवस्था पूर्ण रुपमा हटिनसकेकाले सावधानीका साथ दैनिकी संचालन गर्न, स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न प्रशासनले सबैलाई अपिल गरेको छ । यदि स्वास्थ्य मापदण्डहरु पालना नभएको खण्डमा प्रशासन कारवाही गर्न बाध्य हुने पनि प्रशासनले जनाईको छ । 

त्यस्तै, प्रशासनले आजै एक आदेश जारी गर्दै कोभिड-१९ व्यवस्थापन निकाय डीसीएमीसंग  समन्वय गरेर आवश्यक परे विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको निर्णय गर्न सकिने उल्लेख गरेको छ ।

 

आदेशमा समेटिएका बुँदाहरुः

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा समेटिएका बुँदा यस्ता छन्स्

  • शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने। गर्नुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानमा रहेर स्थानीय तहहरूले सीसीएमसीसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्ने,
  • चाडपर्वहरू स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा गर्ने,
  • अनावश्यक मानिस जम्मा हुने, भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रामहोत्सव, भोज नगर्नेरनगराउने,
  • व्यक्ति, समूह तथा संस्थाबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर गर्न पाउने, 
  • स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने, 
  • सार्वजनिक तथा निजी निर्माण कार्यको लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने, 
  • कोभिडको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टीजन तथा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्थाको प्रभावकारी पालना गराउने, र
  • जिल्ला प्रशासन कार्यालयले कुनै पनि बेला अहिलेको व्यवस्था पुनरवलोकन हुनसक्ने भन्दै आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation