त्रिवि आंशिक प्राध्यापक फेरी संघर्षमाअन्तिम धक्का हो अब वार की पार हुनेछ – लिम्बु

 अर्थ बुलेटिन   १२ मंसिर, २०७८



काठमाडौं । विगत डेढ दशक देखिको संघर्षलाई उचाल्दै फेरी एक पटक त्रिविका आंशिक शिक्षकहरु संघर्षमा उत्रिएका छन् । 

गत वर्ष पौष २ गतेदेखि २४ दिन आन्दोलन गरी त्रिविसंग सम्झौता गरेर आन्दोलन स्थगन गरेका त्रिवि आंशिक शिक्षकहरु पूनः एक वर्ष नवित्दै आज मंसिर १२ देखि उपकुलपति (भिसी) कार्यालय केन्द्रित संघर्षमा उत्रिएका हुन् । 

त्रिविका देशैभर रहेका आंगिक क्याम्पसहरुमा विगत डेढ दशकदेखि ज्यालादारीमा कार्यरत प्राध्यापकहरु आफ्नो ‘अस्तित्व’ र ‘समान कामको समान ज्याला’ को माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका छन् । 

विगतमा आमरण अनसनसम्मका आन्दोलन गरेका ज्यालादारी (आंशिक) प्राध्यापकहरु यो पटक अन्तिम लडाई भन्दै देशैभरवाट हजार भन्दा धेरैको संख्यामा काठमाडौं उत्रिएको संघर्ष समितिका प्रवक्ता एल वि विष्टले जानकारी दिनुभयो । 

आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिवि सेवा आयोगका सम्पूर्ण परिक्षाहरुसमेत स्थगन गराएर राखेका छन् । यद्यपी, त्रिवि समस्या समाधानका लागि भन्दा पनि मौन बस्ने र आंशिकको मुद्दालाई आलटाल गरेरै अघि बढ्दै आएको आंशिक प्राध्यापकहरुको गुनासो रहेको छ ।

त्रिविको बेवास्ताका वापजुतपनि आंशिकको मुद्दा सकारात्मक रुपमा अन्तिम अवस्थामा पुगिसकेको र अन्तिम धक्का आवश्यक परेकाले यो आन्दोलनलाई चर्काउनुपरेको आंशिक प्राध्यापक संघर्ष समितिका केन्द्रिय अध्यक्ष गोकुल लिम्वुले बताउनुभयो । 

उहाँले आन्दोलनलाई सम्वोधन गर्दै अबको यो लडाई अन्तिम लडाई भएको र आंशिकको मुद्दालाई त्रिविले नजरअन्दाज गरेमा त्रिविले त्यसको भारी मुल्य चुकाउनुपर्ने दिन आउने बताउनुभयो । 
उहाँले भन्नुभयो ‘त्रिविले राज्यसंग बजेटका लागि गर्नुपर्ने दवाब र सहजीकरणका धेरै काम आंशिक प्राध्यापक संघर्ष समितिले गरिसकेको छ । अब बजेट विनियोजनको अन्तिम अवस्थामा पुगिसकेकोले आंशिकको मुद्दा टुंग्याउनका लागि बल त्रिविको कोटमा रहेको छ । अब कत्तिपनि ढिला नगरी समस्या समाधान अघि बढ्न त्रिविलाई आग्रह गर्दछु ।’

लिम्वुले थप भन्नुभयो ‘यो अन्तिम लडाई हो । अबको साता दिनमानै आंशिकको मुद्दा वार की पार हुनेछ । अब भावि पुस्ताले यो विषयमा संघर्ष गर्नुपर्ने छैन । हामि विजय उत्सब मनाउदै क्याम्पस फर्कनेछौ ।’

यसैविच संघर्ष समितिले त्रिविलाई ज्ञापन पत्र बुझाएको छ । त्रिविका तर्फवाट रेक्टर शिव भुषालले ज्ञापन पत्र बुझ्दै आंशिकको समस्या समाधानका लागि त्रिवि सकारात्मक रहेको बताउनुभयो । 

उपकुलपति कार्यालय केन्द्रित आन्दोलनका विभिन्न झलकका फोटोहरुः 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation