थपिए १५ सय ७० नयाँ कोरोना संक्रमित, १३ जनाको मृत्यु

 अर्थ बुलेटिन   २५ माघ, २०७८



काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो । 

कूल ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पाइएको हो । 

बितेको चौबिस घण्टामा देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation