त्रिविका देशभरका आंगिक क्याम्पसमा तालबन्दिभिसी, रेक्टर, रजिष्टार, सेवा आयोग, डिन कार्यालय सबै ठप्प

 अर्थ बुलेटिन   १८ फागुन, २०७८



काठमाडौं । त्रिविका आंशिक प्राध्यापकहरुले बुधवार (फागुण १८ गते) देखि देशैभरका आंगिक क्याम्पसहरुमा तालावन्दि गरेका छन् । 

त्रिवि सेवा आयोगले संचालन गर्न लागेको उप–प्राध्यापकहरुको परिक्षाको प्रश्नपत्र वाहिरिएको भन्दै यसको मोडालिटि र पूर्ववत प्रश्नपत्र परिवर्तनको माग गर्दै  आंशिक प्राध्यापक संघर्ष समितिको नेतृत्वमा त्रिवि केन्द्रिय कार्यालयका विभिन्न शाखाका साथै देशैभरका क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालावन्दि गरिएको संघर्ष समितिका सचिब बैकुण्ठ थापाले बताउनुभयो । 

यस्तै, संघर्ष समितिका अध्यक्ष गोकुल लिम्वुले त्रिविले आंशिकलाई नजर अन्दाज गरेको र पटक पटक गरेको सहमतिलाई धोका दिएको भन्दै देशैभरका आंशिकहरु अब काठमाडौंमा भेला भई वृहत संघर्षको कार्यक्रम संचालन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो “त्रिविको कुल कक्षाभार मध्येमा ६५ प्रतिशत कक्षाभार आंशिकले धानेका छन् । यद्यपी, उहि कक्षाभार सम्हाले वापत स्थायी प्राध्यापकले मासिक ५५ हजार र आंशिकले ६ महिनामा ४० हजार बुझने गर्छन् । त्यसैले, ‘समान कामको, समान ज्याला’ को माग गर्दै विगत डेढ दशकदेखि हामि आन्दोलन गर्न वाध्य भएका छौं । वौद्धिक शोषण गरिरहेको त्रिविका पदाधिकारीहरु हाम्रो नाममा आएका पैसामा देश विदेश शयर गरेर वसिरहेका छन् । हाम्रो श्रमको शोषण गर्ने यिनका विरुद्धमा अब अन्तराष्ट्रिय श्रम संगठनको समेत ढोका ढकढक्याउने छौ । आंशिक प्राध्यापकहरु अब माग पुरा नहुदाँसम्म पछि हट्ने छैनन् बरु अझै थप शशक्त आन्दोलनका कार्यक्रम संचालन गर्दै जानेछन् ।”

यसैगरी, संघर्ष समितिका सह–अध्यक्ष राजेन्द्र आचार्यले आंशिकको मुद्धामा प्रधानमन्त्री एवं कुलपति, शिक्षामन्त्री, अर्थमन्त्री लगायत सबै सकारात्मक हुदाँ पनि त्रिविका हालका पदाधिकारीहरु गैर जिम्मेवार बन्नुले आज त्रिवि भयानक दुर्घटनाको नजिक पुगेको बताउनुभयो । उहाँले भन्नुभयो “हाल तालावन्दि भएका भिसी, रेक्टर, रजिष्टारका कार्यालय, सेवा आयोगको कार्यालय, डिन कार्यालय लगायत त्रिवि केन्द्रिय विभागका सबै कार्यालयको बन्द यसको एउटा नमुना मात्रै हो । समस्या समाधान गर्नुको साटो हामिलाई कमजोर ठानेर त्रिविले पटक पटक धोका दिने कार्य गर्दै जाँने, समस्या समाधान गर्नुको साटो आफ्ना कर्मचारी र आंशिकका वारेमा भ्रामक बक्तव्य वाजी दिदै हिड्ने भिसी र तिनका मतियारका विरुद्धमा अब देशैभर आगो बल्नेछ । आज त्रिवि केन्द्रिय कार्यालयदेखि देशभरका क्याम्पस बन्द भएका छन् । अब समयमानै आंशिकको मुद्धा समाधान भएन भने त्यसले त्रिविलाई ठूलो क्षति पुग्नेछ ।”

आंशिक प्राध्यापक संघर्ष समितिको नेतृत्वमा पछिल्लो पटक आन्दोलन गरिरहेका आंशिक प्राध्यापक संघर्ष समितिले आउदो २० गतेदेखि देशैभरका आंशिकको उपस्थितिमा त्रिवि केन्द्रिय कार्यालय घेराउ, भिसीको भण्डाभोर अभियान, त्रिवि भित्रको भ्रष्टाचारको भण्डाफोर, त्रिवि केन्द्रिय कार्यालय र देशैभरका सबै क्याम्पस पुरै ठप्प पार्ने सम्मका कार्यक्रम संचालन गर्न लागेको संघर्ष समितिका प्रवक्ता एलवि विष्टले बताउनुभयो ।

त्रिविका सबै कार्यालय ठप्प हुदाँ त्रिविवाट संचालन हुने दैनिक सबै खालका कार्यहरुमा ठुलो प्रभाव परेको छ तर पनि भिसी जिम्मेवार भएको देखिएको छैन । विभिन्न पेशागत संघ/संगठन, विद्यार्थी संगठन, मानब अधिकार आयोग लगायतले समेत आंशिकको मुद्धा तत्काल समाधान गर्न त्रिविको ध्यानाकर्षण गराएका छन् । यद्यपी, त्रिवि यसलाई समाधान गर्नुको साटो, त्रिविलाई अझै समस्या ग्रस्त क्षेत्र बनाएर देशको सबैभन्दा जेठो शैक्षिक थलोलाई भताभुङ्ग पार्न हालका पदाधिकारीहरु लागि परेको भन्दै पद्यमकन्या क्याम्पस वागबजारमा अध्यापनरत आन्दोलनरत आंशिक प्राध्यापक अम्विका कौडालले दुःख व्यक्त गर्नुभयो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation